यी हुन् कोरोनाबाट सबैभन्दा बढी पिल्सिएका १० राष्ट्र, कहाँ कति संक्रमित र मृत्यु भए ?

काठमाडौं । गत डिसेम्बरबाट चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस (कोभिड १९) संक्रमण दुई मुलुक र प्रशासित क्षेत्रमा फैलिएको छ । विश्व स्वस्थ्य संगठन (डब्लूएचओ)ले विश्वभर महामारी र संकटकालको घोषणा गर्दै नियन्त्रणको प्रयास गरिरहेको छ । 

मंगलबार मध्यान्नसम्म विश्वभर ७ लाख ८५ हजार सात सय ७७ जना संक्रमित भएका छ भने ३७ हजार आठ सय १५ जनाले ज्यान गुमाइसकेका छन् । साथै एक लाख ६५ हजार ६ सय सात जना उपचार पछि निको भएका छन् । 

अहिले उपचाररत पाँच लाख ८२ हजार तीन सय ५५ जना संक्रमित मध्य पाँच लाख ५२ हजारको अवस्था सामान्य रहेको छ भने २९ हजार चार सय ८८ जनाको अवस्था गम्भीर रहेको छ । 

हालसम्मको विवरणअनुसार सबैभन्दा बढी अमेरिकामा संक्रमित भएका छन् । त्यहाँ एक लाख ६४ हजार दुई सय ५३ जना संक्रमित हुँदा तीन हजार एक सय ६५ जनालृ ज्यान गुमाएका छन् । साथै पाँच हजार पाँच सय ६ जना उपचारपछि निका भएका छन् । 

त्यसपछि इटालीमा संक्रमित एक लाख एक हजार सात सय ३९ जना छन् भने ११ हजार पाँच सय ९१ जनाको मृत्यु भएको छ । साथै १४ हजार ६ सय २० जना संक्रमित उपचार पछि निको भएका छन् । 

स्पेनमा ८७ हजार नौ सय ६५ संक्रमित, सात हजार सात सय १६ मृत र १६ हजार सात सय ८० जना उपचारपछि निको भएका छन् । चीनमा ८१ हजार पाँच सय १८ जना संक्रमित, तीन हजार तीन सय पाँच जनाको निधन र ७६ हजार ५२ हजार उपचारपछि निको भएका छन् । 

जर्मनीमा ६६ हजार आठ सय ८५ जना संक्रमित हुँदा ६ सय ४५ जनाले ज्यान गुमाएका छन् भने १३ हजार पाँच सय उपचारपछि निको भएका छन् । फ्रान्समा ४४ हजार पाँँच सय ५० जना संक्रमित हुँदा तीन हजार २४ जनाको मृत्यु भएको छ भने सात हजार नौ सय २७ जना उपचार पछि निको भएका छन् । 

इरानमा ४१ हजार चार सय ९५ जना संक्रमित हुँदा दुई हजार सात सय ५७ जनाले ज्यान गुमाउँदा १३ हजार नौ सय ११ जना उपचार पछि निको भएका छन् । यस्तै वेलायतमा २२ हजार एक सय ४१ जना संक्रमित हुँदा एक हजार चार सय ८ जनाको मृत्यु भएको छ भने एक सय ३५ जना उपचारपछि निको भएका छन् । 

स्वीजरल्याण्डमा १५ हजार नौ सय २२ जना संक्रमित हुँदा तीन सय ५९ जनाको ज्यान गएको छ भने एक हजार आठ सय २३ जना उपचारपछि निको भएका छन् । 

कोरोनाभाइरसको अतिप्रभावित देशको १०औं सूचीमा रहेको बेल्जियममा ११ हजार आठ सय ९९ जना संक्रमित भएका छन् भने पाँच सय १३ जनाको मृत्यु भएको छ । साथै एक हजार पाँच सय २७ जना उपचारपछि निको भएका छन् । 

Source : canadanepal(dot)com